घलेम्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, ५० प्रतिशत हकप्रद सेयर निस्काशन गर्ने

Archana Neupane
0
Shares

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख १६ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैशाख १६ गते बिहान साढे १० बजे सासा ब्यांकेट नयाँ बजार काठमाण्डौंमा सभा आह्वान गरिएको हो ।

सभाले गरी कम्पनीको ५० प्रतिशत हकप्रद सेयर निस्काशन गरी छुजुङ्ग खोला जलविद्युत आयोजनामा ६३ मेघावाट लगानी गर्ने संचालक समितिको निर्णय अनुमोदन गर्ने छ ।

यस्तै सभाले पुँजी वृद्धि गरी हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालन समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७८\०७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने छ भने २०७९\०८० को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीले नवौं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८० बैशाख ०७ गते बिहिवार बुकक्लोजको मिति तोकेको छ । त्यसअनुरुप बैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारबाट प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा सहभागी हुन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।