आयकरको दोस्रो किस्ता समयमै बुझाउन राजस्व विभागको ताकेता

0
Shares

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को आयकरको दोस्रो किस्ता समयमै बुझाउन करदातालाई आग्रह गरेको छ ।

विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेकोे छ । साथै यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न भनेको छ ।

चालु आवको आयकरको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने समय चैत मसान्त हो । यो महिना करदाताले आफ्नो कुल नाफाको ३० प्रतिशत कर तिर्नु पर्नेछ। पहिलो किस्ता वापतको पुस महिनामा ४० प्रतिशत रकम करदाताले तिरिसकेका छन् । अब दोस्रो किस्ता वापतको ७० प्रतिशत कर दाखिला गर्नुपर्नेछ ।

समयमा कर नबुझाएमा भने कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले जनाएकोे छ । तोकिएको अवधिमा कर दाखिला नगरे करदाताले १५ प्रतिशत चक्रिय ब्याज तिर्नुपर्ने हुन्छ । विभागले चैत महिनामा ८३ अर्ब ७५ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।