हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद बिक्रीको अनुमति पाएको छ ।
कम्पनीले विद्युत नियमन आयोगबाट चैत २६ गते आइतबार चुक्ता पुँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासनको लागि स्वीकृति पाएको हो ।
कम्पनीले चुक्ता पुँजीको आधारमा १ बराबर २ को अनुपात (२०० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो । विद्युत नियमन आयोगले हिमालयन उर्जा विकासको हकप्रद सेयरको आकार आधा घटाएर मात्र स्वीकृति दिएको हो ।
अब हिमालय उर्जाले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेस गर्नेछ । सेबोनबाट अनुमति पाएपछि मात्रै हिमालय उर्जाले हकप्रद जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । बोर्डले १०० प्रतिशत हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस कम्पनी ५ करोड ३५ लाखभन्दा बढी खुद नोक्सानीमा छ । कम्पनीले निर्माण गरेको १२ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र ७ मेगावाट क्षमताको अपर खिम्ती दुई जलविद्युत आयोजनाबाट २०७९ असोज ३० गतेदेखि व्यापारिक उत्पादन सुरु भएको छ । नयाँ जलविद्युत आयोजनाहरू निर्माणका लागि समेत कम्पनी पूर्व तयारीमा जुटेको छ ।
जलविद्युत कम्पनीहरूले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपूर्व विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ । आयोगको स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बोर्डसमक्ष निवेदन पेश गर्नेछ ।
जलविद्युत कम्पनीहरूलाई कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था विद्युत नियमन आयोगले गरेको छ । सोही व्यवस्थाबमोजिम यस कम्पनीले पनि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया