नेपाल राष्ट्र बैंकले ६ वित्तीय संस्थालाई करिब एक करोड जरीवाना गरेको छ । केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात तोकिएको सीमामा कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको हो ।
राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि हुन नहुने व्यवस्था गरेको छ । ती विकास बैंक र फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ९० प्रतिशतको सीमा नाघेपछि आर्थिक जरिवाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार कर्पोरट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सप्तकोशी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि रहेको छ । त्यसैगरी नेपाल फाइनान्स र जानकी फाइनान्सले चालु आवको पहिलो त्रैमासम्म कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि पु्रयाएपछि जरीवाना तिर्नु परेको छ ।
केन्द्रीय बैंकका अनुसार सबैभन्दा धेरै आर्थिक जरीवाना बुझाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० लाख ५९ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो त्रैमासमा २२ लाख ७७ हजार ३ सय २ रुपैयाँ जरीवाना तिरेको छ ।
त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १७ लाख ९३ हजार ६ सय ४७ र दोस्रो त्रैमासमा ३ लाख ३५ हजार ४ सय ७४ रुपैयाँ जरिवाना तिरेको हो ।
चालु आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकले ५ लाख ८ हजार २ सय र दोस्रो त्रैमसमा ३ लाख ४ हजार २ सय २९ रुपैयाँ जरिवाना तिरेको छ । सिन्धु विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा मात्रै ८ लाख ८२ हजार एक सय २१ रुपैयाँ जरिवाना तिरेको छ ।
त्यसैगरी चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया