सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं वार्षिक साधारण सभा मिति चैत २९ गते बुधबार, याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/७८ र २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ र २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदनहरु पारित गरिएको छ ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक केपि.आर. एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रवन्ध पत्र तथा नियमावली संसोधन प्रस्ताव समेत पारित भएको छ ।
उक्त साधारण सभामा सञ्चालक नीतु क्यालको स्वागत मन्तव्य, सञ्चालक नारायण रुगटाबाट शुभकामना मन्तब्य र सञ्चालक सदस्य किरण केसीबाट धन्यवाद ज्ञापन गरेका थिए ।उक्त साधारण सभा कम्पनी सचिव विवेक खरेलले सञ्चालन गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया