बरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धाः रामचन्द्र संघईभन्दा ७१ मतले अगाडि

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावमा बरिष्ठ उपाध्यक्षमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

हाल वरिष्ठ उपाध्यक्ष तर्फको ९०० मतगणना सम्पन्न भएको छ । बाँकी मतगणना गर्ने कार्य जारी छ । हालसम्मको मतपरिणाम अनुसार रामचन्द्र संघईको ७१ मतको अग्रता रहेको छ । उनले मतान्तरलाई बढाएका छन् । ८०० मतगणना हुँदा ६२ मतले अगाडि रहेका संघईले थप १०० मतगणना हुँदा मतान्तर ९ ले बढाएका हुन् ।

बरिष्ठ उपाध्यक्षको प्रत्याशी संघईले सबैभन्दा धेरै ३६२ मत प्राप्त गरेका हुन् । यस्तै उनलाई पच्चछाउँदै अर्को प्रतिस्पस्र्धी अन्जन श्रेष्ठले २९१ मत प्राप्त गरेका छन् ।

तेस्रो उम्मेदवार उमेशलाल श्रेष्ठले २३९ मत पाएका छन् भने हालसम्म २ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सघंई र अन्जन श्रेष्ठको उम्मेदवारी छ ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल १ हजार ६५९ मत खसेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।