अन्जन-उमेश आमुन्ने सामुन्ने भिड्दै, संघईको भोट निर्णायक

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा बिहीबार दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने भएको छ । 

पहिलो चरणको निर्वाचनका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनको समय सार्वजनिक गरिएको हो । महासंघको विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेको खण्डमा दोस्रो चरणको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

बरिष्ठ उपाध्यक्षका तीनवटा उम्मेदवार मध्ये पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन्र । रामचन्द्र संघईले श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत तथा रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका थिए ।

सबैभन्दा कम मत पाउने संघई पहिलो चरणबाट बाहिरिएका छन् भने अब हुने दोश्रो चरणको चुनावमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ आमुन्ने सामुन्ने हुँदैछन् । पहिलो चरणमा अन्जन उमेशभन्दा ६.४८ प्रतिशत मतभारले अगाडि थिए । दोस्रो चरणमा हुने निर्वाचनमा पहिलो चरणबाट रिङ्ग आउट भएका संघईको भोट निर्णयक हुनेछ । उनले प्राप्त गरेको मत जुन उम्मेदवारलाई जान्छ उही विजय हुने सम्भावना देखिन्छ ।

 
निर्वाचन समितिले वरिष्ठ उपाध्यक्षको निर्वाचन आज चैत्र ३० गते बिहीबार दिनको २ः०० प्रज्ञा प्रतिष्ठान कमलादीमा पुनः हुनेगरी तोकेको छ । उक्त निर्वाचन कार्यक्रममा महासंघका जिल्ला–नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र द्विराष्ट्रिय–एसोसिएट सदस्यहरूबाट मतदान गर्ने मुख्य प्रतिनिधिहरू निर्वाचन कार्यक्रममा सहभागी भई निर्वाचन कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महासंघले आग्रह गरेको छ ।

महासंघको बरिष्ठ उपाध्यक्ष निर्वाचनः दोस्रो चरणमा अन्जन र उमेश, संघई पहिलो चरणबाट बाहिरिए

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।