नयाँ वर्षको अवसरमा नेपालपे इन्सटान्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर

0
Shares

नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपालपे इन्सटान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपालपे इन्सटान्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिने एनसीएचएलले जनाएको छ ।

नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपालपे इन्सटान्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्र नेपालपे इन्सटान्टमा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सक्दछन् । कनेक्ट आइपिएसका साथै नेपालपे इन्सटान्टको उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि उपलब्ध छ ।

एनपीएस अन्तर्गत इन्टोपेरेवल फण्ड ट्रान्स्फरको लागि लागू गरिएको नेपालपे इन्सटान्टले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भब भएको छ भने सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।