रोयल इन्फील्डपछि एमभी दुगडबाट खोसियो अप्रिला र भेस्पाको डिलरसीप

0
Shares

व्यवसायिक घराना एमभी दुगड ग्रुपबाट अप्रिला र भेस्पाको आधिकारीक वितरक पनि खोसिएको छ ।

रोयल इन्फील्डको डिलरसीप गुमाएको १ वर्षमै ग्रुपले अर्को दुई पाङ्ग्रे सवारीको डिलरसीप पनि गुमाएको हो ।

भेस्पा अप्रिलाको नयाँ वितरकमा पुलकित भिमसरिया ग्रुपको डेल्टा अटोकर्प आधिकारिक बिक्रेतामा चयन भएको छ । गत शुक्रबारदेखि डेल्टा अटोकर्प आधिकारिक बिक्रेतामा नियुक्त भएको हो ।

दुगड ग्रुपले राम्रो सेवा दिन नसकेको कारण देखाउँदै अप्रिला र भेस्पाको आधिकारिक विक्रेताबाट हटाएको थियो ।

भिमसरिया समूहले लामो समयदेखि नेपाली बजारमा विभिन्न मोबाइल ब्रान्डहरु हुवावे, लेनेभो, वनप्लस, इन्फिनिक्स तथा ग्याजेटहरू विक्री वितरण गर्दै आएको छ । उक्त समूहका नेपालमा विभिन्न १२ स्थानमा योयोसोका रिटेल शोरुमहरू छन् ।

एमबी दुगड ग्रुपले २०७८ चैत महिनामा रोयल इन्फील्डको आधिकारिक बिक्रेता गुमाएपछि त्रिवेणी ग्रुपको अल्फा अटोमोटिभ आधिकारिक बिक्रेतामा नियुक्त भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।