नयाँ वर्षको पहिलो दिनमै घट्यो सुनको भाउ

Archana Neupane
0
Shares

चैत ३० गते स्थिर रहेको सुन नयाँ वर्ष २०८० सालको पहिलो दिनमा भने घटेको छ । नयाँ वर्षको दिन र शनिबार सार्वजनिक बिदा भएकाे हुनाले नयाँ वर्षमा पहिलो पटक आइतबार भाउ निर्धारण भएको हो । 

सुनको भाउ गत कारोबार दिन १ लाख १० हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो । सो भाउ आज आइतबार ८०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज तेजावी सुन आज १ लाख ९ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख १० हजार २५० रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज आइतबार स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतार-चढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४ दशमलव ३९ र चाँदी प्रतिऔंस २५.३९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।