बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित भएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिबिफिन सम्मानित बनेको हो ।
संविधान दिवस–२०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोह मार्फत प्रदान गरिएको छ । उक्त मानपदवी सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए ।
संस्थागत रुपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएको यस सुखद अवसरमा खुशी व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछौं । त्यसैगरी उक्त मानपदवी प्राप्त गर्नुमा अत्यन्तै महत्वपूर्ण योगदान पु-याउनु हुने सिबिफिन कार्यसमितिका पूर्व/वर्तमान पदाधिकारी, कार्यकारी सदस्यहरु र सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरुप्रति समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्ने, आपसी स्वस्थ्य प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरुसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने, सरोकारावाला पक्षहरुवीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर सिबिफिन स्थापनाकालदेखि नै अनवरत रुपमा लागि पर्दै आएको छ र रहने छ ।
उक्त मानपदवीले शिर उँचो भएको र गरिमा बढेको मात्र नभई थप कर्तव्य र जिम्मेवारी पनि थपिएको सिबिफिनले जनाएको छ । संस्थागत उद्देश्यहरुको कार्यान्वनयसँगै नेपाल सरकार र मातहतका निकायहरुबाट प्राप्त हुने जिम्मेवारीहरुलाई अत्यन्तै गहनताका साथ पूरा गर्दै आएको यस संस्थाले आगामी दिनमा समेत सदस्य संस्थाहरु, राष्ट्र र आम जनताको हकहित र कल्याणका खातिर थप क्रियाशिल भइ लागिरहने छ ।
प्राप्त मानपदवीको गरिमा अक्षुण राख्दै, नेपाल सरकार, मातहतका नियामक निकाय, प्राज्ञिक संस्था, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्था र सरोकारवाला सम्पूर्ण पक्षहरुसँग निरन्तर सहकार्य गर्दै समृद्ध राष्ट्र निर्माणको साझा अभियानमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया