अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा. महतको भेट भएको हो ।

भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए ।

यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।