निफ्राको नाफा ६७%ले बढ्दा प्रतिसेयर आम्दानी ७.१७ रुपैयाँ कायम

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकको नाफामा गत वर्षको यही अवधिसम्मको तुलनामा ६७.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब ४४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै समीक्षा अवधिमा बैंकको रिजर्भ ४१.२९ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५५.०३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकले ७९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८ अर्ब बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४० करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। निक्षेप संकलन र कर्जा परिचालन क्रमशः ९९.१२ प्रतिशत र ८४.८६ प्रतिशतले बढेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ। गत वर्ष यही अवधिसम्म ४.२९ रुपैयाँ रहेको ईपीएस बढेर ७.१७ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १०९.१९ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ३०.६३ गुणा छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।