त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण सेवा ६ घण्टा अवरुद्ध हुने

Archana Neupane
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण सेवा ६ घण्टा अवरुद्ध हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै भोली राति १ बजेदेखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुने जनाएको हो ।

विज्ञप्तिमा अनलाइन यूपिएस जडान गर्दा विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले विमानस्थलमा आन्तरिक\अन्तर्राष्ट्रिय वायुयान उडान\अवतरण बन्द गर्नु परेको उल्लेख गरिएको छ ।

कार्यालयले उक्त समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्धेश्यले यूपिएस जडान गर्न लागिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।