भन्सार छली गरी ल्याइएका विभिन्न चाईनिज खाद्यान्न बस्तुहरु बरामत गरिएको छ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट स्थित सडकखण्डमा भन्सार छली गरी चोरी निकासीका बिभिन्न चाईनिज खाद्यान्न बस्तुहरू बरामद गरिएको प्रवक्ता तथा सूचना अधिकारी दिपक गिरीले जानकारी दिए ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले काठमाण्डौबाट भारतको दिल्ली सम्म जाने सार्वजनिक बस चेकजाँच गर्दा चोरी निकासी गरी ल्याइएको बिभिन्न किसिमका चाईनिज खाद्यान्न बस्तुहरू बरामत गरिएको हो ।
प्रहरीले २ लाख ८१ हजार २०० सय ५० रुपैयाँ बराबरका खाद्यान्न मालबस्तुहरू बरामत गरको गिरीले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया