प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन। बिहीबार दिउँसो बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’
‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौूँ प्रधानमन्त्रीले भने ‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’
प्रधानमन्त्रीले भने,’यसअघि राजस्व घटेको थियोे, चोरीपैठारी बढेको थियो। अर्थतन्त्र संकटमा थियो। तर अहिले अर्थतन्त्रमा सुधार आएको छ। पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया