श्रीलङ्काको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण गरिँदै

0
Shares

श्रीलङ्काको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण हुने भएको छ ।

श्रीलङ्का बन्दरगाह प्राधिकरण, स्थानीय सिभिल इञ्जिनियरिङ इन्टरप्राइज र चाइना पोर्ट होल्डिङस्ले संयुक्तरूपमा व्यावासायिक केन्द्र निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शुक्रबार गरिएको सम्झौताअनुसार कोलम्बो बन्दरगाहलाई आर्थिक गतिविधिका निम्ति आवश्यक पर्ने सबै भौतिक संरचनासहित दक्षिण एशियाकै प्रतिष्ठित एवम् प्रतिस्पर्धी बन्दरगाहका रुपमा विकास गरिनेछ ।

उनान्चालीस करोड २० लाख अमेरिकी डलरको उक्त परियोजना पूरा भएपछि श्रीलङ्को आर्थिक उन्नयनमा थप योगदान हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।