निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले ९ महीनामा आफ्नो दाबीमध्ये ७० प्रतिशत दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कुल ८ हजार ९५९ वटा दाबी फछ्र्यौट गरेको हो । यसवापत कम्पनीले १ अर्ब २७ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।
यस आर्थिक वर्षको प्रारम्भमा कम्पनीको दाबी भुक्तानी गर्न बाँकी संख्या ३ हजार ९७३ रहेकोमा चालु आवमा परेको सहित कुल ८ हजार ९५९ वटा दाबी फछ्र्यौट गरिएको कम्पनीले जनाएको छ ।
फछ्र्यौट भएका दाबीमध्ये कृषिसँग सम्बन्धित मात्रै २ हजार २३० रहेका छन् । इन्स्योरेन्सबाट भुक्तानी भएका दाबीहरूमध्ये कृषिसँग सम्बन्धित दाबीको कुल १० करोड २ लाख रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी गरिएको हो ।
कम्पनीका अनुसार छिटो छरितो दाबी भुक्तानीका लागि ५ वर्षदेखि कम्पनीले ठाउँको ठाउँ भुक्तानी (स्पट पेमेन्ट) मार्फत दाबी भुक्तानी गर्दै आएको छ । कम्पनीले दाबी भुक्तानीमा अपनाएको गुणस्तरीय सेवाले आफ्ना ग्राहकको मन जितेको तथा निरन्तर यस कम्पनीको व्यवसायको आकार बढ्नु ग्राहक सन्तुष्टिको प्रमाणको रूपमा लिएको उल्लेख गरेको छ ।
चालु आर्थिक वर्षको अन्तसम्ममा थप दाबी भुक्तानी भई भुक्तानी हुन बाँकी दाबीको संख्यालाई घटाउने पनि कम्पनीले जनाएको छ । ‘दाबी परेका र कागजात पूरा भएका दाबीहरूको यथाशीघ्र भुक्तानी दिने नीति कम्पनीले लिएकोले सम्पूर्ण दाबीकर्ता बीमितहरूलाई यथासक्य छिटो कागजात पेश गरी दाबी भुक्तानी लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया