नेपालमा गार्मेन्ट तथा टेक्सटाइल उत्पादन गर्दै आएको बाबा इन्टरप्राइजेज प्रालिले सन् २०२२ मा १ अर्ब ५ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।
कम्पनीले सन् २०२१ मा ७६ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा बाबा इन्टरप्राइजेजको आम्दानी ३७.४६ प्रतिशतले बढेको हो ।
पछिल्लो समयमा ‘गो लोकल’ को अवधारणा विकास भएसँगै मानिसहरुले नेपालको उत्पादन प्रयोग गर्न सुरु गरेका छन् । जसकारण कम्पनीको सेल्स बढिरहेको छ । सेल्स बढेसँगै कम्पनीले १ करोड १० लाख खुद नाफा गरेको छ । यस्तै आर्थिक वर्ष २०२३/२४को पछिल्लो ८ महिनामा ७ करोड ६० लाख बराबरको बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले चीन, कोरिया, ताइवान, बाङ्लादेश र भारतबाट ९८ प्रतिशत कच्चा पदार्थ आयात गरेको छ । कम्पनीको उत्पादन आयातमा निर्भर रहेको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, आकाशिएको डलरसँगको विनिमयमा नेपाली मुद्राको कमजोर प्रर्दशन जस्ता कारणले कम्पनीको आम्दानी प्रभावित हुने गरेको छ ।
सन् १९९४ मा स्थापना भएको कम्पनीले गार्मेन्ट तथा टेक्सटाइलका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयात गरी नेपालमै गार्मेन्ट तथा टेक्सटाइल उत्पादन गर्दै आएको छ । कम्पनीका अध्यक्ष नवीन खेतानले स्थापनाकालदेखि नै कम्पनीमा हुने कार्यहरुको सम्पादन गर्दै आएका छन् ।
कम्पनीले ५६ करोेड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ए४ रेटिङ दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया