एलायन्स फर्मास्यिूटिकल्सलाई आईपीओ ल्याउन एनआईबिएल एस क्यापिटलले सघाउने

0
Shares

एनआईबिएल एस क्यापिटल लिमिटेडले एलायन्स फर्मास्यिूटिकल्स प्रालिलाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्ने भएको छ ।

जसअन्तर्गत क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजी संरचनामा तथा पूँजी वृद्घिमा आवश्यक परामर्श दिने, निष्कासन प्रकृया, आकार र मूल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनीलाई चाहिने आवश्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ ।

साथै सर्वसाधारणमा सेयर निष्काशन पूर्व कम्पनीलाई चाहिने आवश्यक पूँजी संकलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्यिूटिकल्स प्रालिबीच हस्ताक्षर भएको छ । सम्झौतामा क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा फर्मास्यिूटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको पनि उपस्थिती रहेको थियो ।

एलायन्स फर्मास्यिूटिकल्स प्रालि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ । कम्पनीले बारा जिल्ला सिमरास्थित कारखानाबाट औषधी उत्पादन गर्दै आईरहेको छ । उक्त कम्पनीले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त वस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त वस्तु उत्पादन कम्पनीको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स फर्मास्यिूटिकल्स प्रालि औषधी उत्पादन कुशल अभ्यास (जीएमपी) प्रमाणित कम्पनी रहेको छ ।

एनआईबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवा मार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।