नेपाल इटाली चेम्बरमा सञ्जय अग्रवालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन

0
Shares

सञ्जय अग्रवालको संयोजकत्वमा नेपाल र इटालीबीचको व्यापारको छाता संगठन नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को नयाँ कार्यसमिति चयन भएको छ ।

बैशाख १३ गते बसेको कार्यसमितिको बैठकले चेम्बरको उपाध्यक्षमा रुपक राजवंशीलाई चयन गरेको छ । बैठकले चेम्बरको गतिविधिलाई प्रभावकारी बनाउन चार वटा समसामयिक समिति पनि गठन गरेको छ । उद्योग तथा लगानी प्रवर्द्धन समितिमा विनोद सगंतानी, पर्यटन प्रवद्र्धन समितिमा सारिक बोगटी, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा खेलकुद समितिमा किशोर भट्टराई र व्यापार समितिमा शुभास विक्रम शाह निर्वाचित भएका छन् ।

नवनिर्वाचित समितिले नेपाल र इटालीबीचको विद्यमान व्यापार, पर्यटन, सूचना प्रविधि र व्यापारलाई थप विस्तार गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ ।

एनआईसीसीआई इटालीसँग व्यापार सम्बन्ध राख्ने नेपाली व्यवसायी तथा उद्योगीहरुको द्विराष्ट्रिय संस्था भएकोले र नेपालसँग व्यापार गर्ने इटालियन व्यवसायीहरुकोे संगठन भएकोले एनआईसीसीआईको मुख्य उद्देश्य इटालियन संयुक्त लगानी नेपाल र ईटालीबीचको आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्नु हो । यस्तै दुई देशहरू बीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोग बलियो बनाउनु र व्यापार तथा वाणिज्यका दृष्टिले नेपाल र इटालीको पारस्परिक हितका लागि कायम गर्नु रहेको छ ।

नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ । नेपाल र इटालीबीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामा आधारित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।