सुनको भाउ तोलामा ११ सय घट्यो, सस्तियो चाँदी

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यो साता सुनको भाउ १ हजार १०० रुपैयाँतथा चाँदीको भाउ तोलामा रुपैयाँले ओरालो लागेको छ ।

गत शुक्रबार तोलाको १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको कारोबार मूल्य तोकिने अन्तिम दिन शुक्रबार आइपुग्दा घटेर १ लाख ९ हजार १०० रुपैयाँमा झरेको हो ।

यस्तै तेवाजी सुनको भाउ पनि बैशाख ८ गते शुक्रबार १ लाख ९ हजार ६५० मा कारोबार भएकोमा सातामा १ हजार ५० रुपैयाँले घटेको छ । बैशाख १५ गते शुक्रबार तेजावी सुनको भाउ प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको भाउ सातामा ३५ रुपैयाँले घटेको छ । बैशाख ८ गते तोलाको १ हजार ४४५ मा कारोबार भएको चाँदी १५ गते आइपुग्दा तोलाको १ हजार ४१० रुपैयाँमा झरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।