बागमती प्रदेश एकता समाज दक्षिण कोरियामा बीपी पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

0
Shares

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन भएको छ । दक्षिण कोरियाको राजधानी सउलमा आइतबार सम्पन्न भएको समाजको तेस्रो अधिवेशनले भवानी प्रसाद (बीपी) पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा काभ्रेका नवराज तिमिल्सिनालाई चयन गरेको छ भने उपाध्यक्षद्वयमा चितवनका सागर सापकोटा र दोलखाका रेशम अधिकारी निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सुश्मा थापा निर्वाचित भएकी छिन् ।

त्यस्तै महासचिवमा मकवानपुरका सुरेश थिङ, सचिवमा सिन्धुपाल्चोकका ताराचन्द्र आचार्य र काभ्रेका सुमन चौलागाईं निर्वाचित भएका छन् । अधिवेशनले दोलखाकी जयन्ती शर्मा घिमिरेलाई कोषाध्यक्षमा चुनेको छ भने धादिङका पूर्ण बहादुर प्रधान सहकोषाध्यक्ष चयन भएका छन् ।

बागमती प्रदेश अन्तरगतका प्रत्येक जिल्ला समितिबाट एक–एक जना जिल्ला संयोजक कार्यसमिति सदस्य रहने विधानको व्यवस्था अनुसार धादिङबाट अमर घले, काभ्रेबाट केशव मन लामा, दोलखाबाट कुन्जन थापा र रामेछापबाट पदम बहादुर थापा मगर चुनिएका छन् । अन्य जिल्लाहरुबाट नाम प्राप्त भएपछी सल्लाहकारहरु र विधान बमोजिमको बाँकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भर्चुअलबाट माध्यम (जुम) बाट गरेका थिए । संस्थाका अध्यक्ष रविप्रताप घिसिङले सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव सुर्य थापालाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

यस्तै एनआरएनएका केन्द्रीय प्रवक्ता प्रकाश धमला, पत्रकार महासंघ कोरियाका अध्यक्ष किसन गौतम, प्रवासी मजदुर युनियन (एटियू), वमेन फर वमेन लगायतका संघसंस्थाका प्रतिनिधिलाई विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । अधिवेशनका लागि विभिन्न राजनितिक दलका भातृ सङठनका अध्यक्ष एवम् जिल्लागत समाज र अन्य संघसंस्थाहरुलाई पनि कार्यक्रममा अतिथिको रुपमा बोलाइएको थियो ।

बागमती प्रदेश एकता समाज दक्षिण कोरिया, कोरियामा रहेका बागमती प्रदेश अन्तर्गतका जिल्लागत संस्थाहरुको छाता सङठन हो । सन् २०१८ मा स्थापना भएको संस्थामा अध्यक्ष तथा पदाधिकारिहरु फरक फरक जिल्लाबाट रहने व्यवस्था छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।