एशियन हाइड्रोपावरले तोक्यो साधारण सभा र बुकक्लोज मिति

Archana Neupane
0
Shares

एशियन हाइड्रोपावर लिमिटेडले जेठ ३२ गते साधारण सभा आह्वान गरेको छ ।

जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३२ गते ललितपुरको द इन्ट्रान्स क्याफेमा बिहान ११ बजे चौथो साधारण सभा बोलाइएको हो ।

सभाले कम्पनीको हाल कायम रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले आ.व. २०७८\०७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने छ । कम्पनीले साधारण सभामा भाग लिने प्रयोजनको लागि जेठ १९ गते बुकक्लोज मिति तोकेको छ ।

बुकक्लोज अनुसार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट कारोबार भई कम्पनीको सेयर रजिष्ट्रार एन. एम. बि क्यापिटल लिमिटेड, काठमाण्डौंमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले सभामा भाग लिन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।