हिमाल दोलखा हाइड्रोको ७५% हकप्रद बाँडफाँड, १५ लाख ७७ हजार कित्ता लिलामीमा आउने

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार कम्पनीको हकप्रद साउन ३ गते बुधबार बाँडफाँड गरिएको हो ।

कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म चुक्ता पुँजीको ७५ प्रतिशत ले हुन आउने १ करोड २० लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता हकप्रद बुधबार बाँडफाँड गरिएको हो । कम्पनीले बिक्री गरेको हकप्रद सेयर १५ लाख ७७ हजार २११ कित्ता अवितरित भएको छ ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले हकप्रद खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो । अवितरित हकपद सेयर कम्पनीले लिलामी मार्फत बिक्री गर्नेछ । लिलामी बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोडबाट बढेर अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले इलाम जिल्लामा ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना र ४.५५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई साना क्यास्केड जलविद्युत आयोजनाबाट २०७४ चैत २६ र माई खोला साना जलविद्युत आयोजनाबाट २०६७ माघ १ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रुपैयाँ र माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।