थ्रेड्सः जसरी चर्चा चुलियो, त्यसैगरी घट्दै लोकप्रियता

0
Shares

फेसबूकको माउ कम्पनी मेटाले लन्च गरेको सामाजिक सञ्जाल थ्रेड्सको चर्चा जसरी चुलियो त्यसरी नै लोकप्रियता घट्दै जान थालेको छ । सुरुवाती दिनहरुमा लोकप्रियता बढ्दै गएता पनि लन्च भएको महिना दिनमै प्रयोगकर्ताको सङ्ख्या घट्दै गएको हो ।

जुलाई ५ तारिखमा लन्च भएको थ्रेड्स एप लन्च भएको पाँच दिनमै १० करोड प्रयोगकर्ता पुगेका थिए । तथापि जुलाई ३० तारिखसम्म आइपुग्दा थ्रेड्सको सक्रिय प्रयोगकर्ताको सङ्ख्या आधा भन्दा धेरैले घटेको मेटाका संस्थापक मार्क जुकरबर्गले बताएका छन् ।

उनले थ्रेड्समा १० करोड प्रयोगकर्ताहरुले साइन इन गर्नु राम्रो भएता पनि, साइन इन गरेका प्रयोगकर्ताहरुले सक्रिय रुपमा प्रयोग गर्दै जाँदा अझ राम्रो हुने जिकिर गरेका छन् । तथापी साइन इन गर्ने मानिसहरुको सङ्ख्या बढेता पनि सक्रिय प्रयोगकर्ताको सङ्ख्या घट्दै गएको उनको ठम्याइ छ ।

सामाजिक सञ्जाल ट्वीटरलाई टक्कर दिने गरी लन्च भएको एपको सुरुवाती हाइपले छोटो समयमै राम्रो सङ्ख्यामा प्रयोगकर्तालाई आकर्षण गरेता पनि विस्तारै प्रयोगकर्ताको सङ्ख्या घट्दै गएको हो । थ्रेड्स–एन इन्स्टाग्राम एपको फिचर सीमित रहेको जनाउँदै विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुले थ्रेड्सको आलोचना गरिरहेका छन् । आलोचना चुलिँदै गएपछि मेटाले थ्रेड्स एपमा ‘फर यू’ र ‘फ्लोइङ’ को फिचर थपेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।