चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो मुलुक

0
Shares

छिमेकी मुलुक भारत चन्द्रमाको दक्षिणी धूर्वमा पहिलो पटक सफल अवतरण गर्न सफल भएकोे छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो।

जुलाई १४ तारिखमा भारतले चन्द्रयान–३ नामक आफ्नो अन्तरिक्षयान स्पेस स्टेसनमा रिलिज गरेको थियो । आज अगस्ट २३ तारिखमा चन्द्रयान–३ले चन्द्रमाको दक्षिणी धुव्रमा सफल अवतरण गरेको हो । सफल अवतरणसँगै चन्द्रयान–३ भित्र राखिएको प्रज्ञान रोबर त्यहाँबाट निस्केर चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ ।

चन्द्रयान–३ को सफल अवतरण पछि खुशी व्यक्त गर्दै चन्दा मामा टाढाको होइन अब हामी पुगिसक्यौँ भनी भारतीय जनता र आइएसआरो समूहलाई बधाइ दिएका छन् ।

यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघ (रुस)ले चन्द्रमामा यान पठाएका थिए । ती सबै देशहरुले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान पठाएका हुन् ।

भारतीय कम्पनी–इन्डियन स्पेस रिसर्च संस्थान (आइएसआरओ)ले ७ करोड ४० लाख अमेरिकी डलर लगानीमा चन्द्रयान–३ निर्माण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।