गैरआवासीय नेपाली संघ(एआरएनए)को आगामी अध्यक्षका लागि विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्ना २७ बुँदे एजेण्डा राख्दै बिहीबार उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।
एनआएनएका वर्तमान उपमहासचिव समेत रहेका अधिकारी बेलायत निवासी गैर आवसिय नेपाली हुन । गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षक समेत हुन् । नेपालमा दर्जनौँ व्यवसायमा आबद्ध रहँदै आएका अधिकारीले बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पिएचडी गर्दै छन् ।
उनले ‘नेपाल बाहिरका नेपालीको सुख दुखको साथी’एनआएनए भन्ने नाराका साथ संस्थाको संस्थागत विकासका लागि उम्मेदवारी दिएको बताए । “नेपालमा लगानी बातावरण छैन भन्ने कुरा अमुर्त हो,” उनले भने,“त्यसका लागि अध्ययन गरेर प्रतिवेदनको आधारमा सरकार तथा अन्य सरोकारवाला निकायवबाट नीति, नियम तथा कार्यविधिमा आवश्यक व्यवस्था गरेर लगानी मैत्री बातावरण बनाउन पहल गर्न मेरो उम्मेदवारी हो ।”
आगामी अक्टोवर १७ देखि २० गतेसम्म हुने संघको ११ औ अधिवेसनले नयाँ नेतृतव चयन गर्नेछ । उक्त अधिवेसनमा विगतमा जस्तो उम्मेदवारका नाममा हुने अस्वभाविक आर्थिक चलखेल तथा आर्थिक लाभका लागि उम्मेदवारी दिने अभ्यासको अन्त्य हुने उनले बताए । साथै राजनीतिक हस्तक्षेपबाट पनि आगामी अधिवेसनलाई स्वच्छ राख्ने उनको दावी छ । एनआरएनलाई नेपाली नागरिकता, पैत्रिक सम्पत्तिमा हक अधिकार, विदेशी नेपालीलाई मताधिकार, भुतपुर्व गोर्खाको समान अधिकार लगायत मुद्दालाइ एनआएनए मार्फत टुङगोमा पुर्याउने प्रयत्न गर्ने समेत उनले बताए ।
एनआएनका कुनै पनि परियोजना अघि बढाउदा व्यक्तिगत फाइदा तथा स्वार्थको द्धन्द्ध हुने खालका गतिविधिलाई निरुत्साहन गर्न प्रतिवद्ध रहेको बताए । राष्ट्रिय योजना आयोगसँग समन्वय गरी देशको मुल विकास प्रक्रियामा संघलाई आवद्ध गर्ने उनको योजना छ। उनले नेपालका स्थानिय तहहरुसंग समन्वय गरी विदेशमा रहेका नेपाली विद्याथीहरुलाई प्रशिक्षार्थि वा स्वयम सेवकको रुपमा भित्र्याई नेपालको विकास बुझ्ने अवसर दिलाउने योजना समेत उनको रहेको छ । संस्थाका योजना, कार्यप्रगती तथा प्रोजेक्ट मोटिरीङ प्रणाली पारदर्शी तथा जवाफदेही बनाउने उनको प्रतिवद्धता छ ।
एनआएनएको नेतृत्वमा पुगेपछि शहर केन्द्रीत भन्दा पनि कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत केन्द्रीत गर्ने योजनामा उनी छन । साथै संघमा अनुसन्धान तथा नवप्रवर्तन इकाइको स्थापना गर्ने उनले बताए । त्यसैगरी विदेशी विद्यार्थीलाई नेपालमा अनुसन्धान गर्नका लागि सहयोग कोषको समेत निर्माण गर्ने उनको भनाई छ ।
विदेशमा समस्यामा रहेका नेपालीलाई सहयोग गर्न चन्दा भन्दा पनि प्रत्येक क्षेत्रमा कोष तथा र्यापिड एक्सन टिम बनाउने उनको योजना रहेको छ । साथै उनले फाइनान्सीयल वेलविइङ तथा काउन्सीलिङ सेन्टरका कार्य अघि बढाउने बताए । संघको नेतृत्वमा जानका लागि चुनावका लागि मात्रै पनि खर्चर्नु पर्ने चर्को शुल्क लिने अभ्यासको अन्त्य गर्ने समेत उनले बताए ।
एक एनआरएन एक रुपको योजना लिएका अधिकारीले एनआरएन आईडिया बैंकको स्थापन गर्ने बताए । उक्त बैंक मार्फत विदेशमा सिकेको ज्ञान तथा सिपलाई नेपालको विकासका लागि प्रयोग गर्ने बताए । साथै एनआरएनको महत्व र भूमिका बढीरहेको सन्दर्भमा नेपाल सरकारले एनआरएन मन्त्रालयको स्थापना गर्न समेत पहल गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
संघको आगामी अधिवेसनबाट आउने संघको नेतृत्वको कार्यकाल २ वर्षको हुने छ । एनआरएनएको आगामी कार्यकालका लागि चुनावी मैदानमा डा. बद्री केसी, रविना थापा, डा. हेमराज शर्मा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्रकुमार शर्मालगायतले अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया