एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Archana Neupane
0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । भाद्र १० गते कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

एनएलजीले हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको प्रति सेयर अंकित १०० रुपैयाँको दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।