बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको खुद नाफा बढेको छ । गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो । विद्युत बिक्रीबाट आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १२.०८ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३६ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा पनि १ करोड ४६ लाख घाटाबाट ८ करोड ३६ लाख रुपैयाँ नाफामा पुगेको छ ।
चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनी चौथो त्रैमासमा कम्पनीले वार्षिक प्रतिसेयर आम्दानी२ रुपैयाँ ७८ पैसा कायम भएको छ । अघिल्लो आवमा ३ रुपैयाँ ५४ पैसा ऋणात्मक थियो । रिटेन्ड अर्निङ ४ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ । अघिल्लो आवमा रिटेन्ड अर्निङ ६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक थियो । समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२०.५८ गुणा छ ।
कम्पनीको दीर्घकालीन ऋण दायित्व ९५ करोड ६३ लाख अल्पकालीन दायित्व २ करोड २१ लाख रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया