भगवति हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

0
Shares

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

सर्वसाधारणमा भदौ १८ गते आईपीओ बाँडफाँड गरेको कम्पनीले सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशत दरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ सर्वसाधारणमा प्रिमियम सहितको मूल्यमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते अनुमति पाएको थियो ।

प्रति सेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा कम्पनीले आईपीओ बिक्री गरेको हो । कम्पनीले पोखरा महानगरपालिकाको विजयपुरा खोलाको पानी उपयोग गरी ४.५० मेगावाट क्षमताको विजयपुर–१ साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ ।

उक्त आयोजनाबाट कम्पनीले २०६९ साल भदौ ५ गतेदेखि व्यापारिक उत्पादन सुरू गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।