मिड सोलु हाइड्रोपावरको आईपीओमा परेको ९८ हजार ७५६ वटा आवेदन अस्वीकृत भएको छ ।
बुधबार बाँडफाँड भएको मिड सोलु हाइड्रोपावरको आईपीओमा कुल १३ लाख ८१ हजार ५७५ वटा आवेदन परेकोमा रितपुर्वक नपरेका कारण ९८ हजार ७५६ वटा आवेदन बाँडफाँडका लागि अयोग्य बनेको हो । बाँडफाँडमा १२ लाख ८२ हजार ८१९ जना आवेदकलाई मात्र सहभागि गराइएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।
सर्वसाधारणबाट माग भएको सेयर संख्याको २२.५५ गुणा धेरै आवेदन परेको थियो । कुल १ करोड ५४ लाख २९ हजार ६०० कित्ताको लागि खरिद माग परेकोमा १ करोड ४० लाख ५ हजार ३१० कित्ताको माग मात्र सदर भएो थियो । आईपीओमा परेको १४ लाख २४ हजार २९० कित्ताको माग रितपूर्वक नपरेका कारण रद्द भएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ९५ प्रतिशत आवेदकको हात खाली भएको छ । सेयर बाँडफाँडमा गोलाप्रथाबाट ६२ हजार ११७ जनाले १० कित्ताका दरले ६ लाख २१ हजार १७० कित्ता आईपीओ प्राप्त गरेका छन् । यसरी बाँडफाँड गरी बाँकी रहेको २ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेमध्ये २ जनाले थप १–१ कित्ता गरी ११ कित्ता हात पारेका छन् । सदर आवेदक ५ प्रतिशतले मात्र सेयर पाएका छन् । योग्य लगानीकर्तामध्ये नै १२ लाख २० हजार ७०२ जना अर्थात ९५.१५ प्रतिशत आवेदकको हात खाली भएको हो ।
कसको कति आवेदन भयो रद्द ?
- सि– आश्वा मार्फत ९५ हजार १९५ वटा आवेदनबाट परेको १३ लाख ७३ हजार ३९० कित्ताको माग
- वैदेशिक रोजगारी, संस्थापक, कर्मचारी, स्थानीय बासिन्दा र सर्वसाधारणबाट दोहोरो आवेदन मार्फत ३ हजार ५६१ वटा आवेदनबाट परेको ५० हजार ९०० कित्ताको माग
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया