सन् २०२३ मा विश्वव्यापी रुपमा मापन गरिएको विश्व भोकमरी सूचांकमा नेपाल ६९ औं स्थानमा छ । कुल १२५ देशहरुमा गरिएको अध्ययनमा नेपालको अवस्था गत वर्षको तुलनामा सुधारोन्मुख देखिएको हो ।
गत वर्ष ग्लोबल हङ्गर इन्डेक्स अलायन्सले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल ८१ औं स्थानमा थियो । पछिल्लो समयमा यातायातको व्यवस्था तथा स्थानीय सरकारबाट नवजात शिशु र सुत्केरी आमाको पालनपोषणमा अनुदान सहितको पौष्टिक आहार उपलब्ध गराउन सुरुगरेपछि बालबालिकामा देखिने कुपोषण कम हुँदै गएको छ । यो सकारात्मक प्रभावलाई विश्व भोकमरी सूचांकमा नेपालको अवस्थामा सुधार हुँदै जानुले देखाउँछ ।
दक्षिण एशियाली राष्ट्रहरुमा नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ । नेपाल ६९ स्थानमा छ भने श्रीलंका ६० औं स्थानमा रहेको छ । तथापि छिमेकी मुलुक भारतको अवस्था भने दयनीय देखिएको छ । कुल १२५ राष्ट्रहरुमा भारत १११ औं स्थानमा छ । यस्तै पाकिस्तान १०२ औं स्थान र बङ्लादेश ८१ औं स्थानमा छ । भारतमा बालबालिकाको उचाइ अनुसारको तौल नहुने समस्या देखिएको छ ।
भारतको महिला तथा बालबालिका विकास मन्त्रालयले ग्लोबल हङ्गर इन्डेक्सले सार्वजनिक गरेको प्रतिवेदनमा गम्भीर त्रुटि भएको आरोप लगाएको छ । मन्त्रालयले भारतको अवस्था राम्रो रहेको जनाउँदै १११ औं स्थानमा भारत आउन नहुने जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया