नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर बिहीबार सूचीकृत भएको छ ।
कम्पनीको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद सेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।
नेशनल हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई २०८० असार २९ देखि साउन १८ गतेसम्म चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर बिहीबार सूचीकरण गरिएको हो ।
बिहीबार नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सम्बन्धीत लगानीकर्ताले डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया