फेसबूकको माउ कम्पनी मेटाको आम्दानी सन् २०२३ को तेस्रो त्रैमासमा २३ प्रतिशतले बढेको छ । विज्ञापनबाट हुने आम्दानीमा भएको वृद्धिका कारण मेटाको समग्र आम्दानी बढेको हो ।
सन् २०२३ मै मेटाले आर्थिक मन्दीको कारण देखाउँदै २१ हजार कर्मचारीहरु बर्खास्त गरेको थियो । जसकारण कम्पनीको खर्च घट्दा आम्दानी बढेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा मेटाले ११ अर्ब ५८ करोड अमेरिकी डलर आम्दानी गरेको छ । यससँगै प्रति सेयर ४.३९ डलरले कम्पनीको आम्दानी बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ४० करोड आम्दानी गरेको थियो । यससँगै कम्पनीको कुल आम्दानी ३४ अर्ब १५ करोड डलर पुगेको छ ।
पछिल्लो समयमा मेटाका प्रयोगकर्ता र उनीहरुको इन्गेजमेन्ट बढ्दै जाँदा विषम् आर्थिक परिस्थितिका बावजुद मेटाको आम्दानी बढेको जेरेमी गोल्डम्यानले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया