सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Archana Neupane
0
Shares

सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले मंसिर ५ गते २२ औं वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते मंगलबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार, आज सोमबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

बैंकको साधारण सभा मंसिर ५ गते आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाण्डौंमा बिहान १० बजेदेखि सुरु हुनेछ।  सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।