इजरायलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो ।
नयाँ सहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त सहरमा करिब पाँच सय परिवारको मिश्रित तथा धर्म निरपेक्ष जनसङ्ख्या रहने छ ।
“योजनालाई स्वीकृति दिनु इजरायली दायरा (गाजा नजिकको क्षेत्र) लाई बलियो बनाउनु तर्फ थप एक कदम हो”, निर्माण तथा आवासमन्त्री यित्ज्याक गोल्डनोफले भने, “हालका दिनमा म उत्तर र दक्षिणमा सङ्घर्ष द्वन्द्वग्रस्त बस्तीहरूको भ्रमण गर्दैछु, मुलुकमा सुरक्षा र बस्ती प्रवद्र्धनको आवश्यकता छ भन्नेबारे स्पष्ट आवाज आएको छ ।”
आजको स्वीकृतिले यसको जवाफ दिने र देशको निर्माणलाई अगाडि बढाउने उनले बताए । “निर्माण तथा आवास मन्त्रालयले बस्तीको योजना, निर्माण, विकास र सुदृढीकरणको कामलाई निरन्तरता दिनेछ”, उनले भने ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया