माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको तिहारपछि दोस्रो बजारमा सेयर कारोबार खुला हुने भएको छ । तिहारबिदा अघि आजै अन्तिम कारोबार दिन भएकोले कम्पनीको सेयर तिहारपछि मात्र सुरु हुने भएको हो ।
कम्पनीले बिहीबार प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका १ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको हो । सेयर सूचीकरणको दोस्रो कारोबार दिनदेखि नेप्सेमा कारोबार खुल्ने व्यवस्था छ । नेप्सेको कार्तिक १९ गतेको निर्णयानुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कार्तिक २३ गते स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।
कम्पनीको सेयरकारोबारका लागि ‘एमएमकेआईएल’ कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
कम्पनीले सानिमा क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) ३० लाख कित्ता सेयरको बिक्री खुला गरेको थियो । कम्पनीका संस्थापक सेयरधनीहरुले ७० लाख कित्ता सेयरमा लगानी गरेका छन् ।
कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ । सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट हुनेछ । हाइड्रोपावर कम्पनीको प्रधान कार्यालय काठमाडौं धुम्बाराही रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया