हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावर नोक्सानीमा

0
Shares

हिमालयन पावर पार्टनर र बलेफी हाइड्रोपावर लिमिटेडले दुबै कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी ब्यहोरेका छन् । असोज मसान्तसम्ममा हिमालयन पावर पार्टनरले ९ करोड ४० लाख तथा बलेफी हाइड्रोपावरले ८ करोड १६ लाख रूपैयाँभन्दा बढी नोक्सानी ब्यहोरेको हो ।

गत आवको पहिलो त्रैमासमा ८७ लाख ६५ हजार रुपैयाँ नाफामा रहेको हिमालयन पावर पार्टनर खर्च बढेसँगै पहिलो त्रैमासमा नोक्सानीमा पुगेको हो । असोपपम्म कम्पनीको खर्च ६ करोड ३७ लाख पुगेको छ । गत आवमा १ करोड २८ लाख रहेको कम्पनीको खर्च ३९८ प्रतिशत बढेको हो ।
कम्पनीले ९ करोड ९६ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ । गत आवको सोही अवधिमा विद्युत विक्री बापत १ करोड ३४ लाख आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ६ करोड ५४लाख १७ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ ९१ रुपैयाँ ०९ पैसा छ । नोक्सानीमा भएसँगै कम्पनीको सेयरधनी कोष (रिटेन्ड अर्निङ) ९ करोड ४९ लाख ऋणात्मक छ ।
कम्पनीको दिर्घकालिन कर्जा गत वर्ष ३ अर्ब ६७ करोड ९३ लाख रहेकोमा यस वर्ष बढेर ४ अर्ब १७ करोड ४८ लाख रूपैयाँ पुगेको छ । अल्पकालिन कर्जा भने २२ करोड ६० लाखबाट घटेर ६ करोड ११ लाखमा रहेको छ ।

यस्तै चालु आवको पहिलो त्रैमासमा बलेफी हाइड्रोपावरले ८ करोड १६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । वित्तीय खर्च बढेसँगै कम्पनी नोक्सानीमा पुगेको हो । असोजसम्म कम्पनीले २० करोड ३३ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको छ ।

गत वर्ष पहिलो त्रैमासमा कम्पनी २ लाख ४३ हजार रूपैयाँ खुद नोक्सानीमा थियो । विद्युच उत्पादन नभएकाले गत वर्ष पहिलो त्रैमाससम्म वित्तीय खर्च गरेको थिएन ।विद्युत विक्री आम्दानीबाट कम्पनीले २५ करोड ५२ लाख रूपैयाँ आम्दानी गरेको छ । यस्तै विद्युत विक्री खर्च ४६ करोड ७१ लाख रूपैयाँभन्दा बढी भएको छ ।

चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड ५७ लाख रूपैयाँभन्दा बढी सञ्चित रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ४ रूपैयाँ ४७ पैसा नोक्सानीमा रहेको छ भने प्रति सेयर नेटवर्थ ७६ रूपैयाँ १६ पैसा छ ।

कम्पनीको दिर्घकालिन कर्जा गत वर्ष ५ अर्ब १९ करोड रहेकोमा यस वर्ष बढेर ६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ । अल्पकालिन कर्जा भने ९० करोड ४ लाखबाट घटेर ३२ करोड १० लाखमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।