सन् २०२४ मा श्रीलङ्कामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ– राष्ट्रपति विक्रमासिङ्घे

0
Shares

श्रीलङ्कामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसद्मा गर्नुभएको विशेष सम्बोधनमा सो जानकारी दिए ।

आफूले निर्वाचन स्थगन गर्ने भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनले जानकारी दिए ।

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।