आइतबार अमेरिकी डलरको भाउ नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्रा भाउ र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो ।
आज अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । यसअघि मंसिर ६ गते अमेरिकी डलरको बिक्री दर १३३.६८ रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड आइतबार तोडिएको छ । आज अमेरिकी डलरको खरिद दर भने १३३.१० रुपैयाँ तोकिएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले १ युरोको खरिद दर आज १४५.२५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.९१ रुपैयाँ छ । आज भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया