ठूलो खोला हाइड्रोपावर लिमिटेडले पनि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।
मङ्सिर २९ गते शुक्रबार आह्वान गरिएको कम्पनीको पहिलो वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको हो । भाले आईपीओ निष्कासनको लागि आवश्यक प्रक्रिया अगाढि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले अन्य परियोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा कम्पनीको कार्यालय कामपा २२ खिचापोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया