मेन्छियाम हाइड्रोपावरले लाभांश नदिने

0
Shares

मेन्छियाम हाइड्रोपावरले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले पुस २ गते लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजे समान्य प्रस्तावहरु मात्र राखेर तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले वार्षिक प्रतिवेदन उपर छलफल, आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहेको छ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । कम्पनीले गत बैशाख ४ देखि ७ गतेसम्म आईपीओ निष्कासन गरी १३ गते बाँडफाँड गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।