बैंकका कर्मचारी माथि भएको दुव्र्यवहारप्रति बैंकका छाता संस्थाको ध्यानाकर्षण

Parmeshwor Adhikari
0
Shares

बैंक वित्तीय संस्थाका कर्मचारी माथि आक्रमण तथा धम्की दिने काम हुन थालेको भन्दै बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरुले दार्षलाई कार्वाही गर्न माग गरेका छन् ।

पछिल्लो समय केही व्यक्ति तथा समुहले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको घोर निन्दा गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले संयुक्त सवत्रप्ति जारी गरेका हुन् ।

“एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौ” संयुक्त विज्ञप्तिमा भनिएको छ, “आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार अत्यन्त निन्दनिय छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग माग गर्दछौं ।”

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको संघहरुको निष्कर्ष छ । यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग पनि संघहरुले आग्रह गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।