बैंक वित्तीय संस्थाको कर बुझ्न आन्तरिक राजश्व विभागले शनिबार पनि सेवा दिने

Parmeshwor Adhikari
0
Shares

सरकारले घोषणा गरे अनुसारको छुट तथा व्याज मिनाहा पाउने गरी बैंक वित्तीय संस्थाबाट कर बुझ्नका लागि आन्तरिक राजश्व विभागले शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ ।

“सामान्यतया महिनाको अन्तिम दिन सार्वजनिक विदा परे पनि विभागले सेवा प्रवाह गर्दै आएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसलासँगै विगतको अभ्यासलाई निरन्तरता दिने सम्बन्धमा शुक्रबार बिहान विभागले थप निर्णय गर्छ” विभागका महानिर्देशक दीर्घराज मैनालीले भने ।

बैंक तथा बीमा कम्पनीहरुले सरकारले यस अघि आर्थिक विधेयकमा गरेको व्यवस्था अनुसार मङ्सिर मसान्तसम्म कर बुझाएमा शुल्क र ब्याज मिनाहा हुने बताए । यसका लागि विभागले मंसिर ३० गते शनिबार पनि सेवा दिने उनको भनाई छ । मङ्सिर मसान्तसम्म कर नबुझाइ पुस लागेपछि शुल्क तथा ब्याज सहित कर तिर्नु पर्ने उनको भनाई छ ।

ऐनमा भएको व्यवस्थालाई इजलाशले निरन्तरता मात्र दिएको बताएका उनले आगामी दिनमा करका सम्बन्धमा उत्पन्न हुन सक्ने अन्यौलताको अन्त्य भएको बताए ।

सरकारले घोषणा गरेको छुट पाउन बैंक वित्तीय संस्थाले २ दिन भित्र कर तिर्नु पर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।