यूनिसेफले अफ्रिकामा १४ अर्ब डलर सहयोग गर्ने

Archana Neupane
0
Shares

संयुक्त राष्ट्रसङ्घीय बाल कोष यूनिसेफले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग गरेको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न मानवीय सङ्कटले यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा समेत असर पारिरहेको यूनिसेफले बताएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एट्लेभा काडिलीद्वारा जारी विज्ञप्तिमा जलवायु सङ्कट टाढाको खतरा नभई यस क्षेत्रका बालबालिकाको स्वास्थ्यका लागि तत्काल खतरा भएको बताएका छन् ।

“जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभावले सङ्कटको मूल कारणलाई सम्बोधन गर्न र यसमार्फत् बालबालिकालाई सहयोग पु¥याउन दिगो समाधानका लागि तत्काल कदम चाल्न आवश्यक छ भन्ने कुराको स्मरण गराउँछ,” उनले भने । उनले भने, “हाम्रो सामूहिक जिम्मेवारी भनेको सबैभन्दा कमजोरहरूको सुरक्षा गर्नु र सबैका लागि दिगो भविष्य निर्माण गर्नु हो ।”

युनिसेफका अनुसार सन् २०२४ को सुरुमा आउने बाढी र सन् २०२४ को अधिकांश समय जारी रहने अनुमान गरिएको खडेरीजस्ता एल निनोको प्रभावको सङ्केत गर्ने प्रक्षेपणले आवश्यकतालाई बढाएको हो ।

युनिसेफका अनुसार एक अर्ब ४० करोड अमेरिकी डलरले सन् २०२४ मा आफ्नो मानवीय प्रतिक्रियालाई निरन्तरता दिनमात्र सम्भव हुने भएकोले थप सहायता जुटाउनुपर्ने भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।