रुसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत

Archana Neupane
0
Shares

रूसको वार्षिक मुद्रास्फीति दर सन् २०२३ को अन्त्य सम्म ७.४२ प्रतिशत रहेको संघीय राज्य तथ्याङ्क सेवा (रोस्टेट) ले शुक्रबार जनाएको छ। रुसमा वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा ७.४२ प्रतिशतमा झरेको छ जुन अघिल्लो महिना ७.४८ प्रतिशत थियो ।

मुद्रास्फीतिको स्तर केन्द्रीय बैंकको ७.०\७.५ प्रतिशत प्रक्षेपणसँग मिल्दोजुल्दो थियो तर लक्ष्य भने ४ प्रतिशतभन्दा माथि थियो । बैंक अफ रसियाले यसअघि मौद्रिक नीतिको अडानलाई ध्यानमा राख्दै देशको वार्षिक मुद्रास्फीति सन् २०२४ मा ४.०\४.५ प्रतिशतमा झर्ने र थप ४ प्रतिशतको नजिक स्थिर हुने बताएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।