भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई ७०० करोड भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको हो । नेपाललाई दिने सहयोग अघिल्लो वर्षको तुलनामा ८० करोड रुपैयाँले वृद्धि गरेको हो ।
उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने समेत भारत सरकारले बताएको छ । अघिल्लो वित्त वर्ष २०२३–२४ का लागि नेपालका लागि भारतले ६५० करोड भारु अर्थात १० अर्ब ४० करोड रुपैयाँ छुट्टाएको थियो ।
बिहीबार वित्त वर्ष २०२४/२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीतिका लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको हो ।
वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा भुटानका लागि ८९.७० करोड भारु ऋणसहित १० अर्ब ७८ करोड ८६ लाख भारु अनुदान गरी कूल २० अर्ब ६८ करोड ५६ लाख भारु आर्थिक सहायता गर्ने जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतले भुटानका लागि ३ अर्ब ३० करोड ४१ लाख आर्थिक सहायता घटाएको हो ।
यसैगरी माल्दिभ्सका लागि ६ अर्ब, मङ्गोलियाका लागि ५ करोड, बङ्गलादेशका लागि १ अर्ब २० करोड भारु छुट्टाएको भारत सरकारले अफगानिस्तानका लागि २ अर्ब र श्रीलंकाका लागि १५ करोड वृद्धि गर्दै ७५ करोड भारु छुट्ट्याएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया