सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

Archana Neupane
0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) लाभांश वितरण गर्ने भएको हो ।

माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ। इन्स्योरेन्सको चुक्ता पूँजी ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।