विश्व वित्तीय सप्ताहमा प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम

Parmeshwor Adhikari
0
Shares

विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वीक) को अवसरमा प्रभु क्यापिटलले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरुको सहभागिता रहेको थियो ।

उतm कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले संचालन गरेका थिए । वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको क्यापिटलले जनाएको छ ।

उतm कार्यक्रम ओइिसिडिको द्वारा संगठित विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्दि«त रहि तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उतm कार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा प्रभावकारी भएकोे बताएका छन् । चिकित्सकहरुले आफ्नो समय व्यस्तता तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूंजी बजारमा सक्रिय नरहेको अनुभव सुनाएका थिए ।

पुँजी बजार तथा शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।